नियम
सञ्चालकको निमित्त पारिश्रमिक र अरू खर्चहरू
(१) प्रत्येक सञ्चालकलाई समितिको सभामा भाग लिई गरेको सेवा वापत पारिश्रमिकको रूपमा तीस रुपैयाँ कर्पोरेशनको कोषबाट दिइनेछ ।
(२) काठमाडौं उपत्यका बाहिर तत्काल बसोबास गर्ने कुनै सञ्चालकलाई समितिको सभामा भाग लिन वा कर्पोरेशनको काममा सो इलाकामा आउँदा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत सरह दैनिक भत्ता, भ्रमण भत्ता र उपनियम (१) मा लेखिएको पारिश्रमिक कर्पोरेशनले दिन दिलाउन सक्नेछ ।
(३) सञ्चालकहरूलाई कर्पोरेशनको अरू सेवामा बोलाइएमा निजहरूलाई कर्पोरेशन र निजहरूको बीच हुने सम्झौता अनुसार माथिका उपनियमहरूमा लेखिएको पारिश्रमिकको अतिरिक्त अरू थप रकम दिइनेछ ।
(४) माथिका उप–नियमहरूमा लेखिएका पारिश्रमिकको अतिरिक्त सञ्चालकले अख्तियार पाएबमोजिम समय समयमा कर्पोरेशनको व्यवसाय कारोवार र त्यसको व्यवस्थाको निमित्त तिरी वा खर्च गरी विवरण पेश गरेमा मनासिब देखिए जति अङ्क निजलाई भर्ना दिइनेछ ।
(५) यी नियमहरूमा जेसुकै लेखिएको भएतापनि सल्लाहकारले कर्पोरेशनको काममा भ्रमण गर्नु पर्दा सञ्चालकलाई सरह दैनिक भत्ता र भ्रमण भत्ता निजलाई समितिले दिन दिलाउन सक्नेछ ।